आफ्नै खेतबारीमा धान रोपाईको कार्यलाई जारी राख्दै बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न

IMG-20240707-WA0221

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा परम्परागत रूपमा धान रोपाईको कार्य अहिले पनि जारी छ। बाघमारा बस्तीमा धान रोप्ने कार्य वार्षिक रूपमा गर्ने गरिन्छ। बाघमारा बस्तीमा अहिले पनि मानिसहरूले आफ्नो खेताबारीमा धान रोपेर अन्नबाली उमार्ने गर्ने कार्य गरिरहेका छन्। बाघमारा बस्तीमा अहिले पनि ६-७ परिवारहरूले धान रोपेर अन्नबाली उमार्ने कार्य गरिरहेका छन्। आज पनि बाघमारा बस्तीमा धान रोपाईको कार्य सम्पन्न गरिएको छ। पानी झरीक समयमा हली दाईले गोरू जोतेर जमीन खनेपछि बाऊसेहरूले जमीन कमिलो र धान रेप्ने योग्यको बनाएपछि रोपारेहरू धान रोप्ने कार्य सम्पन्न गरिएको छ। धान रोप्ने कार्य पनि विस्तारै हराउँदै गईरहेको समय बाघमारा बस्तीमा अझैं पनि धान रोपेर अन्नबाली उमार्ने कार्य गरिरहेको देखिएको छ। आज पनि धान रोपारहरूले असारे गीतको साथमा धान रोपेका थिए। तर अहिले यहाँ पनि परम्पारगत ढंगमा गोरू नारेर अर्थात् गोरू जोताएर धान रोप्ने प्रथा हुँदा हुँदै पनि अब नयाँ टेक्नोलोजी अनुसार मशीनको प्रयोग गरेर पनि जमीन खन जोत गरेर धान रोप्ने प्रथा शुरु भएको देखिएको छ। बाघमारा बस्तीमा स्थानीय अम्बर लामाको खेतबारीमा धान रोपाईमा रोपारेहरूले असारको गीत गाउँदै धान रोपेको दृश्य देखियो।
धान रोपाई विषयमा स्थानीय देवी छेत्रीले पुरानो समय सम्झन्दै असारे गीत – ‘छुपुमा छुपु धान है रोप्नु हातकै मर्मले’ गाउँदै धान रोपेका थिए। उनले आफुहरू सानो हुँदा बोज्युहरूले धान रोपेको सम्झना गर्दै धान रोपेको बताइन्। त्यसरी नै स्थानीय इन्द्रमाया छेत्रीले अहिलेको पुस्ताले धान रोप्न बिर्सिसकेको र पिता पुर्खाले गरेको खेतीबारीको काम अहिलेको नयाँ पुस्ताले पनि गर्नु पर्ने र सिक्नु पर्ने बताएकी छन्। उनले धान रोप्ने कार्य छोड्नु नहुने र यसलाई अहिलेको पुस्ताले पनि लगातार रूपमा लानु पर्ने आवश्यकता रहेको पनि बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement