अलिपुरद्वार: कोलकाता दक्षिणेश्वर आद्यपीठको पनि अलीपुरद्वारमा शाखा छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आज अलिपुरद्वारमा दक्षिणेश्वर आद्यपीठ अलिपुरद्वार शाखाको नवनिर्मित आद्य मन्दिरको औपचारिक रूपमा उद्घाटन गरिन्। यसका साथै परोपकारी अस्पताल भवन र वृद्धाश्रमको पनि उद्घाटन गरिएको छ। अलिपुरद्वारका उपायुक्त आर. बिमला, पुलिस उपरीक्षक वाई. रघुवंशी, सांसद प्रकाशचिक बडाइक लगायतको उपस्थिति रहेको थियो। धेरै महिनापछि आद्यपीठको यो भवन र मन्दिर उद्घाटन भएको छ।