मुम्बई: लोकप्रिय नायिका मनिषा अहिले वेब सिरिज ‘हिरामण्डी’ कारण यतिबेला चर्चामा छिन्l फिल्म फेयरसँगको कुराकानीमा मनिषाले भनिन्, ‘मैले किन गलत पुरुषसँग मात्रै प्रेममा परेँ? किन बारम्बार यसो गरिरहेकी छु भनेर म अचम्ममा परेँ।‘ मनिषा अहिले एक्लै भए पनि अब कसैसँग सम्बन्ध राख्न नचाहेको बताउँछिन्। उनी भन्छिन्, ‘म विगत ५–६ वर्षदेखि एक्लै छु र अहिले कसैसँग घुलमिल हुने मुडमा छैन। मलाई अझै पनि लाग्छ कि मैले आफैंमा धेरै काम गर्नुपर्छ।‘ मनिषाले भनिन्, ‘म एउटा राम्रो सम्बन्धमा आउन चाहन्छु, जसमा दुवैले एकअर्कालाई स्वीकार गर्छु भन्ने मलाई लाग्छ। एक अर्काप्रति इमानदार हुनुपर्छ। हामीले अगाडि बढ्नको लागि के सिक्नुपर्छ भनेर बुझ्नु धेरै महत्त्वपूर्ण छ। यो पनि महत्त्वपूर्ण छ कि हामी हाम्रो यात्रामा एकअर्कालाई साथ दिनसक्छौं। म कसैसँग हुन चाहन्छु जससँग सपना, महत्वाकांक्षा र जोश छ किनभने म धेरै भावनात्मक व्यक्ति हुँ।‘
मनिषा कोइराला ९० को दशककी शीर्ष अभिनेत्री हुन्। उनले धेरै हिट फिल्म दिएकी छन्। क्यान्सरसँग लडाइँ जितेर उनले ‘डियर माया’, ‘लस्ट स्टोरी’, ‘सञ्जु’, ‘प्रस्थानम’ र ‘शेहजादा’ जस्ता फिल्ममा काम गरिन्। उनको वेब सिरिज ‘हिरामण्डी’ यतिबेला चर्चामा छl एक पल्ट जुममा कुरा गर्दै मनिषाले आफ्नो प्रेम जीवन, डिभोर्स लाइफदेखि क्यान्सरसँग लड्ने सबै कुरा सेयर गरिन्। जीवनमा उतारचढाव देख्न नपाउने मान्छे धेरै भाग्यमानी हुने उनको भनाइ छ। ‘तर अन्तमा हामी शान्तिपूर्ण जीवन बिताइरहेका छौं’, मनिषा भन्छिन्l