स्पेन ग्रां.प्री.-मा स्वर्ण पदक जितिन् महिला पहलवान विनेश फोगाटले

IMG-20240707-WA0154

नयाँ दिल्ली: पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरिसकेकी भारतीय पहलवान विनेश फोगाटले शनिवार स्पेन ग्रां.प्री.-मा महिलाहरूकी ५० किग्रा वर्गमा स्वर्ण पदक जितिन्। वर्ल्ड च्याम्पियनशीपमा दुईपल्टकी काँस्य पदक विजेता विनेशले फाइनलमा मारिया तियुमेरेकोवालाई १०-५-ले पराजित गरी पहिलो स्थान हासिल गरिन्। विनेशलाई बुधवार अन्तिम समयमा शेंगेन वीजा प्राप्त भएको थियो अनि उनले कुनै असुविधा बिना तीनवटा बाउट जितेर फाइनलमा स्थान बनाएकी थिइन्। भारतकी २९ वर्षीय स्टार पहलवानले पहिला क्यूबाकी युस्नेलिस गुजमेनलाई १२-४-ले पराजित गरेकी थिइन्। त्यसपछि उनले क्वार्टर फाइनलमा बर्मिंघम कमनवेल्थ गेम्स २०२२-की काँस्य पदक विजेता कनाडाकी मेडिसन पार्क्सलाई पराजित गरिन्। सेमिफाइनलमा चाहिँ विनेशले अन्य एक कनाडाई केटी डचकलाई अंकको आधारमा ९-४-ले पराजित गरिन्। स्पेनमा आफ्नो प्रशिक्षण-सह-प्रतियोगिता कार्यकालपछि विनेश अब पेरिस ओलम्पिकको तयारी गर्न २० दिने प्रशिक्षणको निम्ति फ्रान्स जानेछिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement