यूरो कप २०२४: पेनल्टी शूटआउटमा जीत हासिल गरी सेमिफाइनलमा पुग्यो ईंग्ल्याण्ड

IMG-20240707-WA0134

बर्लिन: पेनल्टी शूटआउटसम्म चलेको रोमाञ्चक म्याचमा जीत हासिल गरी ईंग्ल्याण्डले यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनायो। शनिवार राति खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा ईंग्ल्याण्डले पेनल्टी शूटआउटमा स्विट्जरल्याण्डलाई ५-३-ले पराजित गऱ्यो। मेकुर स्पिएल एरेनामा खेलिएको म्याच चरम रोमाञ्चक रह्यो अनि ९० मिनटको नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि अतिरिक्त समयको खेलमा कुनै गोल नहुँदा पेनल्टी शूटआउट गराइयो, जसमा ईंग्ल्याण्डले जीत हासिल गऱ्यो। पेनल्टी शूटआउटमा ईंग्ल्याण्डले आफ्नो पाँचैवटा प्रयासमा सफलता हासिल गऱ्यो भने स्विट्जरल्याण्डबाट पहिलो प्रयासमै मेनुएल अकाञ्जीको शट्लाई ईंग्ल्याण्डका गोलकीपरले रोके। यसरी स्विट्जरल्याण्डले प्रमुख टुर्नामेण्टहरूमा पाँचौंपल्ट क्वार्टर फाइनलमा विदा लियो। यसअघि टीम १९३४, १९३८ र १९५४-को फिफा वर्ल्ड कपमा क्वार्टर फाइनलमा हारेको थियो। यसरी नै टीम २०२० र २०२४-को यूरो कपमा पनि क्वार्टर फाइनलमै बाहिर भयो। यसअघि नियमित समयको खेलमा पहिलो हाफमा कुनै गोल भएन। त्यसपछि ब्रील एम्बोलोले ७५औं मिनटमा स्विट्जरल्याण्डलाई बढ़त दिलाए। एक गोलले पछाड़िएपछि ईंग्ल्याण्डले पनि स्कोर बराबरीमा पुऱ्याउन अधिक समय लिएन। बुकायो साकाले ८०औं मिनटमा लामो दूरीबाट असाधारण गोल गरी ईंग्ल्याण्डलाई बराबरीमा पुऱ्याए। त्यसपछि अतिरिक्त समयको खेलमा पनि स्कोर १-१ नै रहँदा पेनल्टी शूटआउट गराइयो, जसमा मेनुएल अकाञ्जीले गल्तीले स्विट्जरल्याण्ड पराजित भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement