जल समाधि लिएका सहप्राध्यापक तिम्सिना अझै बेपत्ता

IMG-20240707-WA0110

बिराटनगर: जल समाधी लिन भन्दै गत सम्पर्क विहीन भएका सुनसरी जिल्ला स्थित इटहरीका प्रतिष्ठित समालोचक रामजी तिम्सिना अझैसम्म बेपत्ता भएका छन्। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका तिम्सिना सुनसरीको बराहक्षेत्रमा जल समाधी लिन जाने जानकारी गराएर बेपत्ता भएका हुन्। बुधवार बिहान ४ बजेर १८ मिनेटमा म बराहक्षेत्रमा जल समाधि लिदैँछु, अलबिदा। लेखेर उनी घरबाट हिडेका थिए।बुधवार बिहान ४ः१८ बजेबाट हराएका उनी कहाँ छन् भन्नेबारे परिवार, प्रहरी र शुभचिन्तकहरू बेखबर छन्। परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन माग गर्दै निवेदन दिएको छ। प्रहरीले पनि खोज कार्य तीव्र पारेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चतरा आसपास मोबाइलको लोकेसन देखिएकाले सो क्षेत्रमा खोजी भई रहेको छ। तिम्सिनाको खोजीमा गोताखोरको टोली समेत परिचालन भएको उनको भनाइ छ। तिम्सिना महेन्द्र बहुमुखी क्याम्पस धरान र कोशी कलेज इटहरीमा प्राध्यापन गर्दै आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement