सप्तकोसीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खोलियो

IMG-20240707-WA0109

विराटनगर: सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। बेलुका ६ :३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ। अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन्। पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको र जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको नभएको केन्द्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement