अविरल वर्षाका कारण ३ को मृत्यु, १४ घरमा क्षति विवरण सहित

IMG-20240707-WA0008

बिराटनगर: काठमांडूमा शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। काठमांडूको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि.क. घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ। स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो। पहिरोमा परी बिरुवा-६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो। माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन्। उनको खोजी भइरहेको स्याङ्जा प्रहरीका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।पर्वतमा पहिरोले २ जना पुरिएका छन्। फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन्। स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ। भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन्। यता दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता बनाएको छ। प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन। सो स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन्। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीको भनाई छ। पाल्पाको रामपुर वडा नम्बर ९ मा पहिरो जाँदा कमल बहादुर साठीघरेको कच्ची गोठमा पहिरो झरेर भैँसीको पाडी, बाख्रा र खसी पुरिएको छ भने गोठ पूर्णरुपमा क्षति भएको छ। यस्तै पोखराको सेती नदीको किनारमा बसोबास गर्ने ५ घर धुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ। यता काठमांडूका बागमती नदी, मनोहरा नदी, भक्तपुरको हनुमन्ते खोला लगायतका किनाराका बस्तीमा बाढी पस्दा जनजीवन अस्तव्यस्त बनेको थियो। यस्तो छ शनिवारको वर्षा, बाढी र पहिरोबाट भएको क्षतिको विवरण :

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement