गान्तोक: मंगन जिल्लाको खाद्य विभाग स्थानीय पुलिसको सहयोग हिजोदेखि निरन्तर मंगन बजारको दोकानहरूको निरीक्षण गर्दै आइरहेको छ। विशेष गरेर वर्तमानको स्थितिलाई ध्यानमा राख्दै विभागले कुनै पनि दोकानेहरूले कालो बजारी साथै खाद्य भण्डारको जानकारी लिने उद्देश्य र यसबारेमा ग्राहकहरूलाई जागरूक गराउनु रहेको हो। सोही प्रकारले दोकानेहरू जिम्मेवारी बजार खुल्ला राख्नु र नियमलाई पालन गर्नुपर्नेबारे सचेत गराउने उद्देश्यले निरीक्षण गरिएको हो। यस टोलीको नेतृत्व डीसीएसओ पाल्देन नर्बु लाचुङपाले गरेका थिए भने उनीसँग वरिष्ठ प्रभारी सोनम पिन्छो भोटिया लगायत अन्यहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा टोलीले विभिन्न दोकानबाट मिति सकिएको सामग्री फेला पारेको र नियम कानून अनुसार उक्त नियमको उल्लंघन गरेको फेला पारेको छ। लाचुङपाले दोकामा मिति सकेको सामग्रीहरू फिर्ता गर्नुपर्ने सुझाउ दिएका छन्। उनले सामग्रीमा लेखिएको मूल्य भन्दा बेसी ग्राहकहरूबाट नलिने पनि निर्देश दिएका छन्।