गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीए) र एसटीएनएम अस्पतालको संयुक्त पहलमा हिजो आपदकालिनको समयमा अस्पताल प्रशासनले अप्नाउनु पर्ने तयारी र सुरक्षालाई लिएर एक दिवसीय कार्यशाला आयोजना गरियो। यस अवसरमा अस्पतलाका अतिरिक्त मेडिकल अधिक्षक डा. चिन्तामनि शर्माले आपतकालिनको समयमा अस्पताल परिसरमा उपलब्ध सुरक्षा साधनबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमदावार जानकारी गराए। सही प्रकारले सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणली परामर्शकर्ता डोमाकी भोटियाले पनि पावर पोइन्ट प्रेजेन्टेसनको माध्यद्वारा अस्पताल प्रशासनलाई अस्पतालको जिल्ला प्रबन्धन योजना महत्त्व र अस्पताल सुरक्षामा एनडीएमएको दिशानिर्देशहरू अनुसार अस्पतालको डीएम योजनामा हुनु पर्ने मुख्य कारणबारे जानकारी गराइन्। आफ्नो सम्बोधनमा, निर्देशक एसएसडीएमएले एचडीएमपीको विकास र कार्यान्वयनको महत्त्वलाई दोहोर्याए र अस्पताल प्रशासनलाई एचडीएमपीको तयारी र अस्पतालको इभ्याकुएसन नक्सा तयार गर्न एसएसडीएमएबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए।
कार्यशाला पछि मुख्य ब्लक, एनेक्स ब्लक र यात्री निवासको सर्वेक्षण गरिएको थियो। सर्वेक्षणको क्रममा, निर्देशक एसएसडीएमएले जोखिममा रहेका क्षेत्रमा अग्नि निभाउने उपकरणहरू राख्ने, भुइँमा चिन्ह लगाउने र सङ्कटको अवस्थामा बिरामी र कर्मचारीहरूलाई सुरक्षित निकासी सुनिश्चित गर्न थप परिचालन निकास मार्गहरूको महत्त्वमा जोड दिए।