भरुवा बन्दुक सहित २ जना पक्राउ

IMG-20240705-WA0199

बिराटनगर: संखुवासभाको चैनपुर नगरपालिका-११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमीलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जुलाई ५मा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र जिमीलाई घर नजिकै जंगल भित्र घारीमा लोड गरी लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो। भरुवा बन्दुक सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement