तेह्रथुममा आमाको हत्यारा छोरा पक्राउ

IMG-20240705-WA0200

बिराटनगर: तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ का २३ बर्षीय दिपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आफनी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुँन्।बिहिबार ४ जुलाई दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी इन्स्पेक्टर खगेन्द्र एक्तेनले जानकारी दिए ।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ। हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement