काेलकत्ता: काेलकत्ता फूटबल लीग २०२४-मा कालीघाट स्पोर्ट्स लवर्स एसोसिएशनको प्रतिनिधित्व गर्दै कालेबुङको जण्डा फूटबलर विशाल छेत्रीले आफ्नो दोस्रो म्याचमै प्लेयर अव् द म्याचको पुरस्कार जिते। बुधवार खेलिएको म्याचमा विशाल छेत्रीको कप्तानीमा रहने कालीघाट एसएलए-को टीमले पुलिस एसी-लाई २-०-ले पराजित गऱ्यो। यसअघि विशालको टीमले आफ्नो पहिलो म्याचमा पनि ३-०-ले जीत हासिल गरेको थियो। उल्लेखनीय छ, कलकत्ता फूटबल लीग २०२४-को विभिन्न डीविजनमा उत्तर बंगालका धेरैजना खेलाड़ीहरूले आफ्नो प्रतिभा देखाइरहेका छन्। यसमा कालीघाट एसएलए-मा विशालको साथमा प्रतीक लामा र आशिष छेत्री रहेका छन्। यसरी कालीघाट मिलन समितिमा तुषार विश्वकर्मा, सौरभ तामाङ र पियूष ठाकुरी रहेका छन्। यसरी आर्मी रेडमा लिटन शिल, काेलकत्ता कस्टममा सौरभ विश्वास, मोहन बगान सुपर जाइण्ट्समा गोलकीपर राजा बर्मन र डिफेण्डर ब्रिजेश गिरी रहेका छन्। यसरी आकाश प्रधान पनि रहेका छन्।









