उत्तरी क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान

IMG-20240704-WA0225

जलपाईगढी: उत्तर बंगालको जलपाईगढी जिल्लामा बिहीबार बिहानदेखि पानी परिरहेको छ। टिष्टालगायत धेरै नदीमा पानी बढेको छ। आज पनि टिस्टाको मेखलीगञ्ज बंगलादेश सीमासम्मका असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी छ। यसबाहेक एनएच ३१  जलढाका नदीको असुरक्षित क्षेत्रमा रेड अलर्ट जारी छ। जलढाका नदी संरक्षित क्षेत्रमा यल्लो अलर्ट जारी गरिएको छ। बिहीबार बिहान जलपाईगढी सिँचाइ विभागको बाढी नियन्त्रण कक्षका स्रोतहरूका अनुसार टिस्टा, डोम्हानीको असुरक्षित क्षेत्रमा पनि यल्लो अलर्ट जारी गरिएको छ। भारी वर्षाका कारण आज बिहीबार बिहान ६ बजे जलपाईगढी गजलडोबा टिस्टा ब्यारेजबाट १६२४.६० क्युमेक पानी छोडिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement