दुई जंगली हात्ती आवासीय क्षेत्रमा प्रवेश

photocollage_202474155118494

सिलगढी: सिलगढीको सालुगडा क्षेत्रको जंगलबाट दुईवटा हात्ती भित्र पसेपछि इलाकामा त्रास फैलिएको छ। समाचारअनुसार बुधबार राति सिलगढीको सालुगडा क्षेत्रको जंगलबाट दुईवटा हात्ती भित्र पसेका थिए। इलाकामा पसेपछि उनीहरू आफैँ जंगलमा फर्किए  उता हात्ती हेर्न सर्वसाधारणको भीड लाग्न थाल्यो। हात्तीहरू बस्तीमा प्रवेश गरे तर कुनै क्षति भने गरेनन्। शुरुमा यी मध्ये दुईले जंगल छोडेर खानेकुराको खोजीमा उक्त क्षेत्रमा प्रवेश गरेको अनुमान गरिएको छ।

About Author

Advertisement