पोखराबाट हराएका ३ वर्षीय बालक सेती नदीमा मृत भेटिए

IMG-20240704-WA0190

बिराटनगर: पोखरा-१६ लामाचौरबाट हराएका ३ वर्षीय बालक मृत भेटिएका छन्। आफनै घर अगाडीबाट हिजो बेलुकी करिब साढे ८ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका थिए। उनलाई खोजि गर्दै गर्दा १६ घण्टा पछि सेती नदीमा मृत अवस्थामा भेटिएको छ। सेती नदीमा माछा मार्दै गरेका व्यक्तिले देखीपछि प्रहरीलाई खबर गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। घटना रहस्यमय रहेको भन्दै स्थानीयले अपहरणको आशंका पनि गरेका थिए। घटनाको वास्तविकता अब पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहाहुने प्रहरी श्रोतको भनाई रहेको छ भने अनुसन्धान भई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement