सुनसरीको शहिद स्मृति स्कुललाई एसइई कपको उपाधि

IMG-20240704-WA0191

विराटनगर: एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित शहिद स्मृति आवासीय माविले जितेको छ।पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको शहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै शहिद स्मृति स्कुलले उपाधि जितेको हो।उपाधिसँगै शहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पायो। जितको लागि शहिद स्कुलका युजिन चौधरीले निर्णायक गोल गरे। टप हाइस्कोर अफ टुर्नामेन्ट शहिद स्मृति स्कुलका युनिष चौधरी, बेस्ट गोलकिपर सविन बिक, बेस्ट कोच कोषराज दाहाल घोषित भए।बेस्ट प्लेयर पोखरीयका अभिषेक कामत घोषित भए। उनले साइकल पाए ।विधागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विराटनगरमा रहेको कोबास कलेजले पूर्ण छात्रवृत्ती दिने भएको छ। विजेता हुने विद्यार्थीहरुलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा विद्यालयहरुको सहभागीता रहेको कार्यक्रम संयोजक विक्रम कार्की (बिक्की) ले जानकारी दिए।

About Author

Advertisement