रडले टाउकोमा लागेर धनकुटामा एक मजदुरको मृत्यु

IMG-20240704-WA0069

बिराटनगर: धनकुटाको साँगुरीगढी गाउँपालिका ३ स्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका २ का ४० वर्षीय मदन मगर रहेका छन्। पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर टाउकोमा लाग्दा घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement