विद्यार्थीलाई निःशुल्क कोचिङ आफैँ पढाउने वडाध्यक्षको प्रतिबद्धता

IMG-20240704-WA0072

बिराटनगर: सामुदायिक तथा संस्थागत विद्यालयबाट २०२४ को एसईई परीक्षाको नतिजामा असफल भएका विद्यार्थीलाई शिवसताक्षी नगर पालिका झापाका एक जना वडा अध्यक्षले अतिरिक्त कक्षा सञ्चालन गर्ने भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिकिन पासवानले पुरक परिक्षा अवधिसम्म बिहान र बेलुका एक एक घण्टा आफै अतिरिक्त कक्षा निःशुल्क सञ्चालन गर्ने बताए। वडा अध्यक्ष पासन पूर्व शिक्षक हुन्। सामाजिक विषयमा अनुतिर्ण भई ग्रेड बृद्धिको परिक्षाको पर्खाइमा रहेका विद्यार्थीलाई बिहान एक र बेलुका १ घण्टा अतिरिक्त कक्षा संचालन गर्ने बताए। उनले स्थानीय शिवगञ्ज बजारको ट्युसन केन्द्रमा अतिरिक्त कक्षा संचालन गरिने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले बुधबारबाट कक्षा संचालन गरेका छन ।वडाध्यक्ष पासवान स्थानीय अश्विन मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका सामाजिक विषयका पूर्व शिक्षक हुन्। उनले अनिवार्य गणित र ऐच्छिक गणित पनि अध्यापन गराएका थिए। स्थानिय अभिभावकका अनुसार वडा अध्यक्ष पासवान ‘टेलेन्ट’ शिक्षक हुन्।

About Author

Advertisement