छुरा प्रहारबाट युवा सङ्घका नेताको ज्यान गयो

IMG-20240704-WA0073

बिराटनगर: राष्ट्रिय युवा सङ्घ नेपाल रुपन्देहीका पूर्व सदस्य रवि थापाको छुरा प्रहारबाट ज्यान गएको छ। एक समूहको छुरा प्रहारबाट घाइते भएका बुटवल–७, निवासी ३६ वर्षीय उनको उपचारका क्रममा मंगलबार ज्यान गएको हो। उनीमाथि गत जुन १५ मा बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको थियो।
युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए। रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ।
इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए। उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement