खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको तर्फबाट कुखुराको चल्लाहरू वितरण गरिएको छ। प्राणी सम्पदा विभागको कर्माध्यक्ष साजन दर्जीको पहलमा पञ्चायत समितिको तर्फबाट उक्त कुखुराको चल्लाहरू खरसाङ खण्ड अन्तर्गत घैयाबारी दुई र तीन ग्राम पञ्चायत अनि शिवखेला ग्राम पञ्चायत क्षेत्रहरूमा वितरण गरिएको जानकारी प्राप्त भएको छ। यी कुखुराको चल्लाहरू तीनवटै ग्राम पञ्चायतहरूमा लगभग ९ हजार जति कुखुराको चल्लाहरू वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त कुखुराको चल्लाहरू घैयाबारी ग्राम पञ्चायत तीनमा पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई र पञ्चायत सदस्यहरूको उपस्थितिमा पञ्चायत समिति सदस्यहरू वाङ्दी लामा र कुसुम तामाङ आदिले वितरण गरेका छन् भने घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेमा कर्माध्यक्ष साजन दर्जीको उपस्थितिमा पञ्चायत प्रधान भगवती प्रधान र उप प्रधानको रञ्जित थापा अनि पञ्चायत सदस्यहरूको उपस्थितिमा वितरण गरिएको जानकारी प्राप्त भएको छ। त्यसरी नै कुखुराको चल्लाहरू शिवखोला ग्राम पञ्चायतमा पञ्चायत प्रधान मोहनकुमार प्रधान अनि उप प्रधान अम्बिका देवान र पञ्चायत सदस्यहरूका उपस्थितिमा पञ्चायत समिति सदस्याद्वय अनिरा वाईबा र दिक्षा छेत्रीको बाहुलीबाट वितरण गरिएको छ। उक्त कुखुराको चल्लाहरू वितरण कार्यमा प्राणी सम्पदा विभागको बीएलडीओ, कर्मचारीहरू पनि उपस्थित रहेका थिए। यस चल्ला वितरण विषयमा पञ्चायत समिति सदस्य वाङ्दी लामाले यो चल्लाहरू पालेर व्यवसाय चलाई स्वनिर्भर बनोस् भनेर पञ्चायत समितिको तर्फबाट वितरण गरिएको बताएका छन्। उनले यो चल्लाहरूलाई सबैले सठीक रूपमा पालेर अाय अार्जन गर्न सकोस् भनेर वितरण गरिएको बताएका छन्।