मङ्पुमा रुख लडेर सिन्कोना बगानको श्रमिकको मृत्यु

IMG-20240704-WA0137

मङ्पु: मङ्पुमा रुख लडेर सिन्कोना बगानको श्रमिक प्रकाश थापाको मृत्यु भएको छ।मङपू सिन्कोना बगानमा कार्यरत् श्रमिक चालिसधुरा निवासी प्रकाश थापाको रुख लडेर घटना स्थलमा नै मृत्यु भएको दु:खद समाचार प्राप्त भएको छ। मङपू कुलैन कारखाना नजिक माथिबाट रुख लडेर सिन्कोना श्रमिक थापाको मृत्यु भएको छ।

घटना हुन साथ मङपू पुलिस दल घटना स्थ्लमा पुगेर गाउँलेहरु अनि सिन्कोना श्रमिकहरुको सहयोगमा मृत देहलाई उध्दार गरी पोस्टमोर्टमको निम्ति दार्जिलिङ पठाएको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement