पेम्बा रिम्पोर्छेको नेतृत्वमा गोजमुमो टोली पैह्रोग्रस्त क्षेत्रकाे निरीक्षण

IMG-20240703-WA0232

खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको एउटा टोली महकुमा अध्यक्ष साथै बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेको नेतृत्वमा खरसाङ गिद्ध पहाड़ क्षेत्र साथै महानदी क्षेत्रमा पैह्रोग्रस्त स्थलको निरीक्षण गरेका छन्। उनीहरूले पैह्रो पीड़ित परिवारहरूसित बातचीत गरेर क्षय-क्षतिको जायेजा पनि लिएका छन्। यस अवधि महानदीस्थित पैह्रो स्थलमा पत्रकारहरूसित बातचीत गर्दै बौद्ध धर्म गुरु अनि मोर्चा महकुमा अध्यक्ष पेम्बा रिम्पोर्छेले गत केहि दिनदेखि खरसाङसहित पहाड़को विभिन्न ठाँउमा भइरहेको अविरल वर्षाको कारण विभिन्न ठाँउमा सानो ठूलो पैह्रो गएको खबरहरू रहेको छ। यस अवधि कतिपय मानिसहरू घरहरू पनि पैह्रोको चपेटमा परेको छ यी विषयहरूलाई ध्यानमा राख्दै नै आज उनी अनि उनका अन्य सहयोगीहरू महानदी पञ्चायत कार्यालय नजिक गएको पैह्रो स्थलमा विभिन्न पक्षबाट जानकारी लिएको छन्। उनले थप जनाए अनुसार उनी कहिले पनि आपदाको समय पार्टी हेर्ने कार्य गर्दैनन्। यस प्राकृतिक प्रकोपको समयमा पार्टी, जाति अनि धर्म हेर्नु हुँदैन। मुश्किलमा रहेको यी मानिसहरूलाई वा पीड़ित परिवारहरूलाई उनको क्षमता अनुसार तिनले सहयोग गर्ने छन् भनी उनले जनाए। उनले यो पनि जनाए कि उक्त पैह्रो क्षेत्रमा निरीक्षण गर्दा उनले अहिलेसम्म भोट जितेर जाने पार्टीको नेताहरू साथै सांसद राजु विष्टको प्रतिनिधिहरू आएको छैनन् भनी आरोप लगाएका छन्। उनले भोटको समयमा मात्र होईन तर यस्तो आपत विपतको समयमा पनि पार्टी, जाति अनि धर्म नछुटटाई अघि आएर सबैले सहयोग गर्नुपर्छ भनी बताएका छन्। गोजमुमोका तीनधारे महानदी समष्टिका अध्यक्ष आईतमान राईले दाबी गरे कि उक्त क्षेत्रमा जम्मा छवटा घर पैह्रोले पूर्णरुपमा प्रभावित भएको छन् भने उक्त क्षेत्रमा नै अन्य धेरै घरहरू समान्य रूपमा पैह्रोको चपेटमा परेको छ। पीड़ित परिवारहरूसित उनी अनि पार्टीको महकुमा अध्यक्षले बात गरेर जायेजा लिएका छन्। सोही अनुरुप सरकार पक्षबाट साथै पार्टीको पक्षबाट के कस्तो सुविधाहरू उपलब्ध गराउनु सकिन्छ। उक्त विषयमा उनीहरूले कार्य गर्नेछन् भनी तिनले जनाए।

राईले भने, महानदी क्षेत्रमा नै चन्द्रबहादुर छेत्री साथै समीर तामाङको घर पैह्रोले समान्य रूपमा प्रभावित भएको छ। उनले अझ जनाए अनुसार, गत २८ अनि २९ जुनको रातमा भारी वर्षाको चपेट गौरी शंकर चिया बगान अन्तर्गत सिरुबाड़ीमा स्थानीय जीवन तामाङको घर पहिरोको चपेटमा परेको थियो। उक्त घटनामा तिनको दुईवटा कुकुर अहिले पनि पैह्रोमा दबिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement