आगलागीमा मतिगढाको रंग गोदाम जलेर भष्म

IMG_20220813_215856.png

सिलगढी: आज अपरान्ह अचानक मतिगढा थाना संलग्न बजारस्थित एउटा रंगको गोदाममा आगो लागेपछि इलाकामा हो-हल्ला मच्चियो। तथापि दमकल विभागको चारवटा इञ्जिन अनि एनडीआरआफ-को टीमको सहयोगमा लगभग २ घण्टापछि आगोलाई नियन्त्रणमा ल्याइयो। जानकारीअनुसार मतिगढा थाना संलग्न बजारस्थित एउटा रंगको गोदाममा आज अपरान्ह आगो लागेको देखेपछि मतिगढा थानालाई यसबारे जानकारी दिए। यसपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुग्न साथ दमकल विभागलाई यसको जानकारी गराए। मतिगढा दमकल केन्द्रबाट दमकलको २ वटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई निभाउने काम गऱ्यो। यसैगरी, केही समयपछि सिलगढी दमकल केन्द्रबाट पनि २ वटा इञ्जिन घटनास्थलमा आइपुगेको थियो। तर पनि आगोले विकराल रूप धारण गरेपछि एनडीआरआफ-को टीमलाई बोलाएपछि दुवै टोलीको अथक प्रयासमा लगभग २ घण्टापछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। आगलागीमा रंगको गोदाम पूर्ण रूपले जलेर भष्म भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement