आजादीको अमृत महोत्सव पालन गर्दै प्री-इण्डीपेन्डेन्स डे कार्यक्रम

IMG_20220813_222330.jpg

नाम्ची: आज आजादीको अमृत महोत्सव पालन गर्दै प्री-इण्डीपेन्डेन्स डे कार्यक्रम आयोजना गऱ्यो। उक्त कार्यक्रम नाम्चीको एउटा निजी प्राथमिक स्कूल बेथानीले गरेका थिए। कार्यक्रममा रोङ माध्यामिक स्कूलका प्रधानाध्यापक प्रभारी विकास छेत्री मुख्य अतिथि रहेका थिए।
कार्यक्रममा विद्यार्थीहरूको परेड प्रदर्शनसँगै मुख्य अतिथिले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि कार्यक्रम शुरू भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै मुख्य अतिथि विकास छेत्रीले त्यस समय देशवासी अशिक्षित भएकै कारण देश अंग्रेजको हातमा गएको विचार प्रकट गरे। यसलाई उद्हारणको रूपमा लिएर विद्यार्थीवर्गले शिक्षामा ध्यान दिनुपर्ने उनले बताए। मञ्च पाउनु ठूलो कुरा रहेको बताउँदै उनले यस्तै मञ्चमा प्रदर्शन गर्दै गएपछि भविष्यमा नानीहरूको प्रतिभा निख्रिने बताए। उनले नानीहरूका लागि अभिभावक पनि उद्हारण बन्नुपर्ने बताए।
यस क्रममा स्कूलका प्रधान आचार्य नोयल राईले कार्यक्रमको औचित्य विषय प्रकाश पार्दै यी नानीहरू मलिलो माटो जस्तै भएको कारण राम्रो आकार दिनु सबैको जिम्मेवारी रहेको बताए। कार्यक्रममा तेस्रो कक्षाका विद्यार्थी रोहन लिम्बूले स्वतन्त्रता दिवस विषय वक्तव्य राखेका थिए। कार्यक्रममा अभिभावकगणको पक्षबाट टेकमाया शर्मा र भीमप्रकाश प्रधानले सम्बोधन गरे।
कार्यक्रममा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, ड्रिल आदि प्रस्तुत गरेका थिए। कार्यक्रममा पास्टर किरण तामाङ, शिक्षा अधिकारी लीला छेत्री, समाज सेवक एनबी राजालिम, टीएम शर्मा आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement