नथुला: राज्य पर्यटन एवं नागरिक उड्डयन विभागको तत्वावधानमा आइतवार भारत चीन सीमा क्षेत्र नथुलामा व्यापक स्वच्छता अभियान आयोजन गरियो। भारत सरकारको पर्यटन मन्त्रालय अन्तर्गत स्वदेश दर्शन २.० को संयुक्त तत्वावधानमा आयोजित उक्त स्वच्छता अभियानमा पर्यटन विभागका अधिकारी र कर्मचारीहरू, सेना, सिक्किम पुलिस, वन विभाग, छाङ्गु पोखरी संरक्षण समिति, स्थानीय मानिसहरू तथा अन्यहरूको सहभागिता रहेको थियो।विभागले यस भन्दाअघि पनि यस्ता अभियानहरूको आयोजना गरेको र त्रैमासिक रूपमा आयोजन गर्न प्रतिबद्ध रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यसरी स्वच्छता अभियान आयोजन गर्नुको मुख्य उद्देश्य प्रसिद्ध पर्यटक गन्तव्यहरूमा स्वच्छता कायम राख्न जागरूकता फैलाउनु र समुदायलाई पर्यवरण संरक्षण गतिविधिहरूमा संलग्न गर्नु रहेको बताइएको छ।