बारबाडोसमा आएको तूफानमा फस्यो टीम इण्डिया

IMG-20240701-WA0202

नयाँ दिल्ली: टी२० वर्ल्ड कप जितेपछि रोहित शर्माको कप्तानीमा रहने भारतीय क्रिकेट टीम अहिले बारबाडोसमै जीतको खुशीयाली मनाइरहेको छ। भारतीय टीमको निम्ति अहिले घर फर्किनु सम्भव छैन कारण बारबाडोसमा अहिले तूफान बेरिलले ताण्डव मच्चाएको छ। भारतीय खेलाड़ीहरूले अहिलेसम्म फ्लाइट लिएका छैनन कारण तूफानले गर्दा यो खतरनाक हुन सक्छ। यसबाहेक तूफानले गर्दा उड़ानहरू पनि रद्द गरिएको खबर प्राप्त भएको छ। यसैकारण भारतीय टीम अहिले बारबाडोसको होटल हिल्टनमै अल्झिएको छ। तय कार्यक्रम अनुसार भारतीय टीमले सोमवार स्थानीय समय अनुसार बिहान ११ बजी (भारतीय समयानुसार राति ८:३० बजी) बारबाडोसबाट प्रस्थान गर्नु थियो तर तूफानले गर्दा यस्तो गर्नु सम्भव भएन। टीम बारबारोडबाट न्यूयोर्क जानु थियो। त्यहाँबाट दुबईको निम्ति कनेक्टिंग फ्लाइट र अन्तमा भारत फर्किनु थियो। तूफान श्रेणी ४-को भएको हुनाले अनि भारतीय टीम बसेको होटल हिल्टन समुन्द्र तटको नजिकै रहेको हुनाले खेलाड़ीहरूसँग बाहिर निस्किने कुनै उपाय छैन। यसैकारण टीमलाई बारबाडोस छोड़्न अझ ३६-देखि ४८ घण्टा समय लाग्न सक्छ। उल्लेखनीय छ, भारतले शनिवार खेलिएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरी आईसीसी टी२० वर्ल्ड कपको खिताब जितेको थियो।

About Author

Advertisement