सिलगढी: सीमा सुरक्षा बलले दुई देशको नागरिकता भएका एक बंगलादेशीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम माणिक इस्लाम रहेको छ। फूलबारी सीमा क्षेत्रबाट बंगलादेशको सीमा पार गरेर भारततर्फ जाँदै गर्दा बीएसएफले उनलाई नियन्त्रणमा लिएर सोधपुछ थालेपछि उनीसँग दुई देशको नागरिकताका धेरै कागजात बरामद भएको थियो। बीएसएफले पक्राउ गरेको अभियुक्तलाई न्यू जलपाईगढी थानालाई सुपुर्द गरियो। उनले कुन कारणले दुई देशको नागरिकताको कागजात बनाएका हुन् र ती कागजात वास्तविक हुन् वा नक्कली भन्ने विषयमा पुलिसले अनुसन्धान थालेको छ। उनलाई बीएसएफले आइतबार राति करिब १० बजे भारत–बंगलादेश सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। पुलिसले अनुसन्धानका लागि अदालतबाट म्याद माग्ने बताएको छ।










