एसएनटी विभागका सल्लाहकार मदन सिञ्चुरीले गरे समन्वय बैठक

IMG-20240625-WA0243

गान्तोक: जुम सालघारीका विधायक एवं यातायात तथा कौशल विभागका सल्लाहकार मदन सिन्चुरीको अध्यक्षतामा आज एसएनटी एवं मोटर भेहिकल विभागका अधिकारीहरूसित यातायात भवनको सम्मेलन कक्षमा एक समन्वय बैठक सम्पन्न भयो।

सभामा उपस्थित सबै अधिकारीहरूले सल्लाहकार सिन्चुरीलाई खदा अर्पण गरी स्वागत जनाए।

यसपछि यातायात विभागका आयुक्त एवं सचिवले स्वागत सम्बोधन राखेपछि विभागीय अधिकारीहरूको परिचयात्मक सत्र सम्पन्न भयो। यसपछि एसएनटी विभागका डीई सन्जोक थापा र मोटर भेहिकल प्रकोष्ठका संयुक्त निर्देशक कर्मा जिम्बाले विभागद्वारा गरिएको गतिविधिहरूबारे प्रस्तुति दिए।

अन्तरक्रियात्मक सत्रलाई सम्बोधन गर्दै सल्लाहकार मदन सिन्चुरीले विभागीय अधिकारी एवं कर्मचारीहरूमाझ समन्वय कायम राखेर जनताको काम गर्नुपर्ने सुझाउ राखे। यी दुवै विभागलाई नमुनाको विभाग बनाउन सबैले कार्य संस्कृतिलाई ध्यानमा राखेर काम गर्न उनले आह्वान गरे।

About Author

Advertisement