सिलगढी: भारतीय जनता पार्टी पश्चिम बंगाल इकाईका पूर्व प्रदेश अध्यक्ष दिलीप घोष उत्तर बंगालको भ्रमणमा छन्। यसै क्रममा उनी आज सिलगढी पुगेका हुन्। सिलगढी पुग्दा भाजपा सिलगढी संगठनात्मक जिल्ला समितिले उनलाई भव्य स्वागत जनायो। यस अवसरमा मतिगढा नक्सलबारी विधायक आनन्द बर्मन, सिलगढी संगठनात्मक जिला भाजपा उपाध्यक्ष नान्टु पाल, सिलगढी नगरनिगमका विपक्षी नेता अमित जैन र अन्य नेताहरू उपस्थित थिए। दिलीप घोषले आज पार्टी कार्यालयमा भाजपाका नेता तथा कार्यकर्तासँग महत्वपूर्ण बैठक गरे। सो भेटमा पार्टी सुदृढीकरणका साथै इस्लामपुर, उत्तर दिनाजपुरका नेता कार्यकर्तासँग पनि भेटघाट गर्ने भएको स्रोतले जानकारी दिएको छ।