नक्सलबारी शारदा विद्यामन्दिर र मारवाडी युवा मञ्चको पहलमा रक्तदान शिविर सम्पन्न

mn-donor

नक्सलबारी: नक्सलबारी शारदा विद्यामन्दिरले २ सय युनिट रक्तदान गर्ने लक्ष्यका साथ रक्तदान शिविर आयोजना गरेको छ। नक्सलबारी शारदा विद्या मन्दिर र मारवाडी युवा मञ्चको पहलमा बिहीबार रक्तदान शिविर आयोजना गरिएको हो। शिविरमा आज बिहानैदेखि रक्तदाताहरुले रक्तदान गरेका थिए। ‘सेवा नै परम धर्म हो, रक्तदान जीवनदान हो’ भन्ने सिद्धान्तलाई स्मरण गर्दै हरेक वर्ष यो रक्तदान शिविर आयोजना गरिएको विद्यामन्दिरका प्रधानाध्यापक सुजित दासले बताए। संकलन गरिएको रगत रोटरी ब्लड बैंकमा पठाइनेछ। अर्कोतर्फ मारवाडी युवा मञ्चका पूर्व उपाध्यक्षले सिलगढी र अन्य क्षेत्रमा २९ जुनमा ठूलो रक्तदान शिविरको आयोजना गरिने बताए।

About Author

Advertisement