प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा युवकको मृत्यु

IMG-20240626-WA0074

झापा (नेपाल): सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ। वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको पुलिसले जनाएको छ। सिरहाका पुलिस प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए। उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए।  ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको पुलिसको भनाइ छ। मृतक गत सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए। त्यसपछि नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केको बताइन्छ।

पुलिसले चलाएको सोधपुछमा त्यही बेला मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ। जसमा आफू विदेशबाट आएको पासपोर्ट देखाउँदै होटलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको पुलिस अनुसन्धानले देखाएको छ। पण्डितले भने, ‘बिहान साढे ९ बजेदेखि होटल प्रवेश गरेको देखिएको छ। त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ। उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए।’

त्यसपछि होटेल सञ्चालकले पुलिसलाई खबर गरेका थिए।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै पुलिसको टोली पुग्यो। त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण शुरु गर्यो। यही क्रममा  पुलिसको टोलीले होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो। पुलिसका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए। त्यसपछि पुलिसको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ।  बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको पुलिसको निष्कर्ष छ। पुलिसले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement