अब सिमकार्ड लिन र ब्यांक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य  

IMG-20240626-WA0075

झापा: सरकारले सिमकार्ड लिन र ब्यांक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेको हो। यस अन्तर्गत ब्यांङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र लिएको हुनुपर्नेछ। यो व्यवस्था १४ जनवरी २०२५ देखि अनिवार्य लागू हुनेछ। नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०१९ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा उक्त निर्णय गरेको हो।  सरकारको स्वामित्वमा रहेका संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्रदान गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न सकिनेछ।

About Author

Advertisement