जलपाइगढ़ी पुलिस फाइनलमा

IMG_20220812_212123.jpg

१२ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार जलपाइगढ़ी पुलिसले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा भएको म्याचमा जलपाइगढ़ी पुलिसले सनराइजिंग वेलफेयर क्लब ढीपडाँड़ालाई १-०-ले पराजित गऱ्यो। म्याचमा एकमात्र गोल रुपमले छिराए। विजेता टीमबाट प्रदीप रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा अशोक रोय रेफरी थिए। सहायक रेफरीको भूमिकामा अलोप राई र हेम कुमार राई थिए। राजेश थापा फोर्थ अफिसियल थिए। अब १६ अगस्तमा खेलिने फाइनलमा जलपाइगढ़ी पुलिस र युनाइटेड क्लब गोरुबथानबीच भिड़न्त हुनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement