स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरी सालिग अनावरण गरिने

0-1a-8e00410d-ea96-4956-ab59-35051c8d3867

वीरपाडा: भारतेली नेपालीहरुको गौरव स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको बहुप्रतीक्षित १५ फुटको पूर्णाङ्ग सालिगको अनावरण कार्यक्रम आउँदो १५ अगस्तको दिन सम्पन्न हुने भएको छ| शुक्रबार दलमोर डाक्टर कोठी सालिग परिसरमा सम्पन्न कप्तान रामसिंह ठकुरी सालिग निर्माण समितिको धेरै लामो छलफल पश्चात यो निर्णय लिएको समितिका अध्यक्ष सबिन थापाले जनाएका छन्| सालिग निर्माण समितिका अध्यक्ष सबिन थापाले स्वतन्त्रता सेनानी तथा सङ्गीतकार कप्तान रामसिंह ठकुरीको सालिग निर्माण गर्ने विषयमा प्रायः सबै तयारी भइसकेको र कप्तान रामसिंह ठकुरीको जन्मतिथि साथै ७५औँ स्वतन्त्रता दिवस तथा अमृत महोत्सवमा नै सालिक अनावरण कार्यक्रम गर्ने योजना रहेकोले आउँदो १५ अगस्तमा  दलमोरस्थित डाक्टर कोठी परिसरमा कप्तान रामसिंह ठकुरीको १५ फुटको पूर्णाङ्ग सालिग विधिवत अनावरण समारोह गरिने पक्का तय भएको छ| 

यसको निम्ति मुख्य अतिथि वरिष्ठ समाजसेवी किर्तन छेत्रीको बाहुलीबाट सालिग अनावरण गरिने साथै उक्त परिसरको नाम कप्तान रामसिंह ठकुरी चौकको नाम अनावरण पनि गरिने निर्माण समितिका सचिव स्वगण थापाले बताएका छन्| विशिष्ट अतिथिहरूको सूची चॉंडै सार्वजनिक गरिने थप जनाएका छन् भने आजादीका अमृत महोत्सवसँगै विभिन्न सांस्कृतिक, सामाजिक, साहित्यिक, साङ्गीतिक आदि क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति, संघ संस्थालाई सम्वर्द्धना जनाउने, कप्तान रामसिंह ठकुरी सालिग निर्माण समितिद्वारा तयार गरिएको गीत पनि कार्यक्रम बीच सार्वजनिक गरिने समितिका अध्यक्ष सबिन थापाले जनाएका छन् | उक्त ऐतिहासिक कार्यक्रमलाई भव्य तुल्याउन सबै सङ्घ संस्था, व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भइदिने आग्रह गरेका छन्|

About Author

Advertisement