आजादीको अमृत महोत्सव अन्तर्गत आईटीबीपीद्वारा ऱ्याली आयोजित

IMG_20220812_211049.jpg

गान्तोक: भारत तिब्बत सीमा पुलिस (आईटीबीपी), सेक्टर हेडक्वार्टर, गान्तोकले आजादीको अमृत महोत्सव अन्तर्गत आज राजधानी गान्तोकको एमजी मार्गमा ऱ्यालीकाे आयोजन गऱ्यो। पर्यटन सूचना केन्द्र परिसरबाट शुरू भएको याे ऱ्याली न्यू मार्केट परिक्रमा गरेर पुनः कार्यक्रम स्थल आएपछि समाप्त भएको थियो।

ऱ्यालीमा आईटीबीपीका अधिकारीहरू र उनीहरूका परिवारहरू, जवानहरू, विद्यार्थीहरू आदि सहभागी बनेका थिए। सबैले आआफ्नो हातमा राष्ट्रिय झण्डा बोकेका थिए। यस अवधि एमजी मार्गमा ‘भारत माताकी जय’ र ‘वन्दे मातरम्’ को नारा गन्जयमान बनेको थियो।

यस अघि आईटीबीपीका उप महानिरीक्षक आरपीएस रघुवंशीले एमजी मार्गस्थित महात्मा गान्धीको मूर्तिमा पुष्प एवं माल्यार्पण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजादीको अमृत महोत्सवको महत्वमाथि प्रकाश पारे। उनले युवाहरूलाई स्वतन्त्रता सेनानी र बहादुर वीर सपूतहरूबारे जानकारी गराउँदै अमृत महोत्सवलाई नयाँ विचारहरूको अमृत तथा नयाँ संकल्प र प्रेरणाहरूको अमृत पर्व बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement