मुख्यमन्त्री प्रेमसिंह तामाङले गृहमन्त्री अमित शाह लगायत अन्यहरूसँग गरे भेट

IMG-20240623-WA0056.jpg

गान्तोक: दिल्लीको आधिकारिक भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज संसदीय केन्द्रीय मामिला एवम अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजुसँग उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा विशेष गरेर मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्रीको पदमा नियुक्त भएकोमा बधाई एवम शुभकामना दिए। यस अवसरमा उनले जिम्मेवारीका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने क्षमतामा विश्वास व्यक्त गर्दै सफल र प्रभावकारी कार्यकालको लागि शुभकामना व्यक्त गरे। यस अवसरमा लोकसभा सांसद इन्द्र हाङ सुब्बा, राज्यसभा सांसद डीटी लेप्चा, मुख्य सचिव भीबी पाठक पनि सामेल रहेका थिए। सोही प्रकारले उनले लोकसभाका अध्यक्ष ओम बिरलासँग नयाँ दिल्लीस्थित उनको सरकारी आवासमा भेट गरे। भ्रमणका क्रममा मुख्यमन्त्रीले देशको लोकतान्त्रिक ढाँचामा उनको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै संसदको प्रक्रियाहरूमा उनको व्यापक अनुभव र गहिरो अन्तर्दृष्टिको प्रशंसा गरे। यसै क्रममा आज नै मुख्यमन्त्री तामाङले केन्द्रीय गृहमन्त्रीलाई उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा सर्वप्रथम मुख्यमन्त्रीले दोस्रो पल्ट गृहमन्त्रीकोरूपमा शपथ ग्रहण गरेकोमा बधाई दिँदै उनको नेतृत्वमा देशले हासिल गरेको उल्लेखनीय उपलब्धि, प्रगति साथै भविष्यमा अझ ठूला उँचाई हासिल गर्ने आकांक्षाको साथमा काम गर्नसक्ने विश्वास व्यक्त गरेका छन्। गत वर्षको ३ र ४ अक्टोबरमा सिक्किममा विनाशकारी अचानक बाढी पछि उनको सहयोगको लागि गहिरो कृतज्ञता व्यक्त गर्दै राष्ट्रिय आपदा प्रतिक्रिया कोषबाट तुरुन्तै कोष जारी गरेको बताए।यसका साथै अन्तर-मन्त्रालय केन्द्रीय टोलीद्वारा शीघ्र मूल्याङ्कन गरिएकोमा गृहमन्त्रीलाई धन्यवाद दिए। क्षतिग्रस्त पूर्वाधारको स्थायी पुनर्स्थापनाको लागि निरन्तर सहयोगको आवश्यकतालाई जोड दिँदै थप अनुदानको माग गरे। सिक्किमको पुनर्निर्माण र भविष्यका प्रकोपहरू विरुद्ध यसको लचिलोपनलाई बलियो बनाउन गृहमन्त्रीको नेतृत्वमा हुनसक्ने मन्तव्य व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement