दिल्लीमा आयोजित एनईपी-२०२० मा विद्या भारती, सिक्किमको सहभागिता

IMG-20240623-WA0064.jpg

गान्तोक: राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० लाई लिएर दिल्लीमा दुई दिवसीय राष्ट्रिय स्तरको कार्यशाला आयोजन गरियो। राष्ट्रिय अध्यापक शिक्षा परिषदद्वारा आयोजित उक्त कार्यशालामा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले पनि भाग लियो।

शनिवार र आइतवार आयोजित यस कार्यशालामा विद्या भारतीको प्रशिक्षणसॅंग सम्बन्धित देशभरिबाट कार्यकर्ता, वरिष्ठ प्रधानाचार्य र शिक्षाविदहरू पनि सहभागी बने।

यस क्रममा विद्या भारती पूर्व क्षेत्रबाट ओडिशा, दक्षिण बंग, उत्तर बंग र सिक्किमका प्रतिनिधिहरूले पनि कार्यशालामा भाग लिए। सिक्किमको तर्फबाट विद्या भारतीका प्रशिक्षण प्रमुख सूर्य धितालले कार्यशालामा भाग लिए। कार्यशालामा विद्या भारतीको अखिल भारतीय अध्यक्ष, संगठन मन्त्री, महासचिव र अन्य केन्द्रिय पदाधिकारीहरू पनि सहभागी बनेको बताइएको छ।

About Author

Advertisement