सिलगढी: सिलगढ़ी नगरनिगमको वार्ड नम्बर-२९ मा आइतवार डेंगुलाई लिएर जागरूकता ऱ्याली निकालियो। सोलिड वेस्ट म्यानेजमेन्ट कमिटीको पहलमा निकालिएको उक्त ऱ्याली वार्ड कमिटी कार्यालय अगाड़िबाट शुरू गरियो जसले सम्पूर्ण वार्डमा परिक्रम गऱ्यो।
ऱ्यालीमा वार्ड पार्षद पार्षद शरदिंदु चक्रवर्ती सहित महिलाहरू सामेल भए। ऱ्यालीको माध्यमबाट वार्डका मानिसहरूलाई डेंगुप्रति जागरूक गराइयो।
वार्ड पार्षद शरदिंदु चक्रवर्तीले भनिन्, बर्खाको मौसममा डेंगु बढ़्ने सम्भावना बढ़्छ। यसको प्रमुख कारण सड़क, नाली एवं घरका छतहरूमा पानी जम्मा हुनु हो। यस ऱ्यालीको माध्यमबाट वार्डका बासिन्दाहरूलाई पानी जम्नदेखि रोक्नको साथै मच्छरदानी प्रयोग गर्ने सल्लाह दिइयो। उनले वार्डका मानिसहरूसित डेंगुमुक्त सिलगढ़ी तथा डेंगुमुक्त वार्ड बनाउने आह्वान समेत गरिन्।