घैयाबारी ग्राम पञ्चायत तीनको नयाँ कमान क्षेत्रमा चितुवाको रगरगी

IMG-20240623-WA0034.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको सिलिम हिल चियाबारीको नयाँ कमान क्षेत्रमा अहिले घरि चितुवाको रगरगी रहेको जानकारी प्राप्त भएको छ। तीनधारेदेखि केही पर रहेको नयाँ कमान क्षेत्रमा रात पर्नसाथ चितुवाको रगरगी बढ्ने गरेको र स्थानीय गाउँलेहरूलाई धेरै डरसरि हुने गरेको पनि बताइएको छ। यस विषयमा नयाँ कमान क्षेत्रको दुईवटा समाज मिलेर प्रेस विज्ञप्ति जारी गर्दै नयाँ कमान क्षेत्रमा चितुवाको रगरगी बढेर गाउँलेहरूमा भय उत्पन्न भईरहेको बताएका छन्। नयाँ ग्राम कल्याण समितिको सभापति मिलन प्रधान र कार्य सेवा समिति नयाँ कमानको सचिव राजेन तामाङले संयुक्त रूपमा जानकारी गराए अनुसार नयाँ कमान क्षेत्रमा रात पर्नसाथ चितुवा गाउँ घरको नजिकतिर कराउन शुरु हुने र बाख्रा र कुकुरहरू खाईदिने घटना क्रम बढिरहेको बताएका छन्। त्यसरी नै गाउँको कुकुरहरू सबै चितुवाले खाएर सकिसकेको साथै घरमा पालिएको बाख्राहरू पनि चितुवाले खाई दिएकोले गाउँमा चितुवाको डर सदैव रहेको बताएका छन्। चितुवाले बाख्राहरू खाएर हड्डीहरू मात्र भेट्ने साथै बाख्रा पालन गर्नेहरूलाई हैरान बनाएको साथै धेरै नोक्सान भईरहेको पनि बताइएको जानकारी प्राप्त भएको छ। दुवै समाजको तर्फबाट बताइए अनुसार चितुवाको डरले रातीतिर हिँडडुल गर्न र रात परेपछि यात्रा गर्नु साथै रातितिर बाहिर कतै गएर घर फर्किन्दा पनि चितुवाको धेरै डर भएको बताइएको छ। नयाँ कमानमा चितुवाको रगरगी र डरबाट गाउँलेहरूलाई मुक्ति दिलाउन वन विभागले उपाय लगाईदिने अनुरोध पनि गरेका छन्। नयाँ कमानको दुवै समाजले गाउँमा चितुवाको रगरगीदेखि बचाउन सम्बन्धित विभागले उचित पहल गरिदिएर स्थायी रूपमा उपाय निकालिदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement