गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम हाउसका संयुक्त आवास आयुक्त सुनील कुमारका स्वर्गीय पिता रामरतन लाल वर्मालाई श्रद्धाञ्जलि अर्पित गर्न दिल्लीस्थित उनको आवास पुगे। मुख्यमन्त्रीले शोक सन्तप्त परिवार र आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना गरे।