मन्त्री बस्नेतलाई दिए समष्टिवासीले जीतसँगै सफल कार्यकालको शुभकामना

IMG-20240622-WA0029.jpg

गान्तोक: नाम्चेबुङ क्षेत्रका विधायक एवं राज्यका शिक्षा, खेल तथा युवा मामिला, ऐन अनि संसदीय मामिला मन्त्री राजु बस्नेतलाई आज बिहान उनको निवासमा स्थानीयहरूले भेट गरी बधाई दिए। हालैको चुनाउमा ऐतिहासिक जीत हासिल गरेपछि मन्त्री पदको जिम्मेवारी पाएकोमा स्थानीयहरूले खुशी व्यक्त गर्दै उनलाई बधाईसँगै सफल कार्यकालको कामना गरेका छन्। मन्त्री बस्नेतले आफ्नो पक्षबाट श्रेष्ठ सेवा प्रदान गर्ने कटिबद्धता व्यक्त गरेका छन्।

जानकारी गराइन्छ, हालैको चुनाउमा २२ नाम्चेबुङ समष्टिबाट एसकेएम प्रार्थीको रूपमा खड़ा भएका मन्त्री बस्नेतले राज्यका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङसँगै अन्य उम्मेदवारहरूलाई भारी मतले पराजित गरेका थिए।

About Author

Advertisement