सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा पुलिसले साढे ६ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। हिजो राति कोचबिहारबाट बालुरघाट जाने यात्रु बसमा गाँजा तस्करी भइरहेको बताइएको छ। घोषपुकुर चौकी पुलिसलाई स्रोतबाट जानकारी प्राप्त भएपछि पुलिसले यात्रुवाहक बस रोकेर खोजी शुरु गरेको थियो। खोजीका क्रममा तस्करी भइरहेको झोलाबाट गाँजा बरामद भएको हो। पुलिसले झोला मालिकको खोजी शुरु गरी बालुरघाट निवासी दीपाली साओ (३०) नाम गरेकी महिलालाई पक्राउ गरेको छ। महिलालाई पक्राउ गरी फाँसीदेवा पुलिस चौकीमा राखिएको छ। पुलिसले आरोपीलाई सोधपुछ शुरु गरेको छ। पक्राउ परेका महिलालाई आज सिलगढी अदालतमा पेश गरिएको छ। यस गाँजा तस्करीमा अरु को को संलग्न छन् भन्ने बारेमा पुलिसले अनुसन्धान गरिरहेको छ। महिलाको सोधपुछका क्रममा प्राप्त जानकारीका आधारमा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।