वर्षाका कारण पानी बढेपछि फुलबारीको महानन्द ब्यारेजमा विभिन्न किसिमका खोलाका माछा

IMG-20240622-WA0035.jpg

फुलबारी: फुलबारीको महानन्द ब्यारेजमा विभिन्न किसिमका खोलाका माछा भेटिएका छन्। केही दिनदेखि परेको अविरल वर्षाका कारण ब्यारेजमा पानीको बहाव बढेको हो। जसका कारण उक्त नदीमा विभिन्न किसिमका माछा पनि बढेको छ। फुलबारी महानन्द ब्यारेज अगाडिका पसलमा बोरोली, नदीयाली, टेङ्रा, रुईलगायतका विभिन्न प्रजातिका माछा पाइन्छन्। खोलाका यी माछा किन्न विभिन्न ठाउँबाट क्रेता आउने गरेका छन् ।माणिक सरकार नामका माछा मार्नेले पहिलेको तुलनामा धेरै माछा उपलब्ध भएको बताए। केही दिनको वर्षाका कारण नदीमा माछाको संख्या बढेको। खोलाबाट बोरोली, नदियाली, रुई, कटल लगायतका विभिन्न प्रकारका माछा पाइन्छ। यी सबै माछा १५०, २ सय र ३ सय रुपियाँमा बिक्री भइरहेका छन् तर खरिद गर्नेको संख्या भने कम छ ।त्यही क्रममा सिलगढीबाट माछा किन्न आएका एक क्रेताले आफू पहिलो पटक यहाँ माछा किन्न आएको बताए। नदीमा धेरै प्रकारका माछाहरू यहाँ देख्न सकिन्छ। खोलाको किनारबाट माछा किन्न रमाइलो लाग्छ।

About Author

Advertisement