सिलगढी: सिलगढी डिभिजन अन्तर्गत नक्सलबारी कालाबारी वन क्षेत्रमा हात्तीको आक्रमणबाट एक वन कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुने वन कर्मचारीको नाम राजेन्द्र राई रहेको छ। वन विभागबाट प्राप्त जानकारी अनुसार राजेन्द्र राई अरण्य साथीको पदमा कार्यरत थिए। वन विभागबाट प्राप्त जानकारी अनुसार राजेन्द्र र अन्य चारजना वन कर्मचारी हात्तीलाई जंगलमा फिर्ता पठाउन नक्सलबारीको आशापुर चिया बगान क्षेत्रमा गएका थिए, त्यही क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो। तीनजना वनकर्मी भाग्न सफल भए पनि राजेन्द्र राईलाई हात्तीले समातेर पछारेका थियो। त्यसपछि साथी वनकर्मीहरूले उनलाई गम्भीर घाइते अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पुर्याए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे।