भरुवा बन्दुक सहित १ जना प्रहरीको नियन्त्रणमा

IMG-20240622-WA0005.jpg

झापा: खोटाङको रावावेशी गाउँपालिका-६ का ४५ बर्षिय दिल बहादुर राईलाई १ थान भरुवा बन्दुक सहित पुलिसले नियन्त्रणमा लिएको छ। गोप्य सुचनाको आधारमा पुलिस चौकी जाल्पाबाट हिजो दिउँसो खटिएको पुलिस टोलीले राईले गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १ र बन्दुकमा प्रयोग हुने छर्रा सहित उनलाई नियन्त्रणमा लिएको हो। अवैध भरुवा बन्दुक सहित पक्राउ परेका राईको जिल्ला पुलिस कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement