लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

IMG-20240622-WA0004.jpg

झापा: इलाका पुलिस कार्यालय कुमरखोद झापाबाट खटिएको पुलिस टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकहरुलाई पक्राउ गरेको छ। हिजो साँझ झापा गाँउपालिका-१ सालमारा स्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको पुलिसको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० बर्षिय जुलमात हुसेन र साईकल पछाडि सवार २० बर्षीय तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो। लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला पुलिस कार्यालय झापाबाट थप अनुसन्धान भई रहेको छ।

About Author

Advertisement