सिलगढी: परीक्षामा भ्रष्टाचार, एनईईटी र एनईटी परीक्षा रद्द गरिएको छ। यसको विरोधमा तृणमूल छात्र परिषद (टिएमसीपी) ले शुक्रबार सिलगढी कलेज अगाडि विरोध प्रदर्शन गरेको थियो। यस दिन विद्यार्थीहरुले हातमा प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए। यस क्रममा सबैले केन्द्रीय सरकारमाथि भ्रष्टाचारको आरोप लगाए। सिलगढी टाउन तृणमूल विद्यार्थी परिषद्का अध्यक्ष विश्वजित सरकारले भने कि एनईईटि र एनईटी परीक्षामा भयानक भ्रष्टाचार भएको छ। हामी प्रत्येक जिल्लामा आन्दोलन गर्नेछौं। पैसाको बदलामा प्रश्नपत्र र उत्तरपुस्तिका चुहावट भइरहेको छ। हाम्रो आन्दोलन यसको विरुद्ध हो। यसको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने उनको भनाइ छ।