पर्यटकको बसाई लम्ब्याउन फेवाताल किनारमा पदमार्ग

IMG-20240621-WA0020.jpg

झापा: पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन फेवाताल पारि पुम्दी भुम्दीमा पदमार्ग निर्माण गरिएको छ। पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी हुने भएकाले छोटो दूरीको पदयात्रा गर्ने पर्यटकका लागि पोखरा–२२ मा पर्ने अनदुदेखि ड्यामसाइड क्षेत्रको फेवाताल किनारामा पदमार्ग निर्माण भएको हो।

ड्यामसाइडको वनस्पति पार्कबाट अनदुसम्म रानीवनमा पर्ने पदमार्ग करिब ४ किलोमिटरको रहेको छ। उकालो र ओरालो भन्दा पनि ताल किनारामा पद मार्ग भएकाले प्रायः सबै उमेर समुहका व्यक्तिको उत्कृष्ट पदमार्ग हुन सक्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउछन। पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउन उक्त पद मार्गले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
पदमार्ग निर्माणसँगै पोखरामा आएका पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखरा बजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने र यो उत्कृष्ट गन्तव्य हुने टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले दाबी गरेका छन्। पोखराको मुख्य बजार क्षेत्रबाट नजिक रहेकाले एक घण्टा डुंगा सयरदेखि ३/४ घण्टाको पद यात्रा हुनेछ। हाल निर्माण भएको पदमार्गको करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बरालले बताए।
उनले ड्यामसाइडदेखि रानीवन हुँदै, अनदु, रातमाटा, शसर्कोदेखि खपौदीसम्म जोड्न करिब ९ किलोमिटर पदमार्गको अवधारणा अघि सारेको बताए। आगामी वर्ष योजना अनुरुप उक्त पद मार्ग पूरा गर्न करिब एक करोड बजेट आवश्यक भएको जानकारी दिएका छन्। पोखराको मुख्य बजारदेखि नजिक भएर पनि सामान्य कच्ची बाटो शान्ति स्तुपाःदेखि अनदुसम्म जोडिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement