गान्तोक: राज्य शिक्षा विभागको परिचयात्मक समन्वय बैठक आज शिक्षा एवं खेलकुद विभागका मन्त्री राजु बस्नेतको अध्यक्षतामा बस्यो। शिक्षा विभागको सम्मेलन हलमा बसेको सभामा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ, उच्च शिक्षा एवं चिकित्सा शिक्षाका सचिव छेवाङ ग्याछो, शिक्षा विभागका सचिव टाशी छोपेल आदि उपस्थित थिए।
बैठकमा शिक्षा विभागका विभिन्न अनुभागहरूले आफ्ना उपलब्धिहरू, चुनौतीहरू र अन्य विषयहरूमाथि विस्तृत रिपोर्ट पेश गरे। बैठकमा सिक्किममा शैक्षिक नतिजाहरू बढाउने उद्देश्यले महत्त्वपूर्ण माइलखुट्टीहरू र जारी पहलहरूमाथि छलफल गरियो।
मन्त्री बस्नेतले विद्यमान चुनौतिहरू पार गर्न विभागको प्रतिबद्धतामाथि बल दिॅंदै सिक्किमको शिक्षा क्षेत्रलाई उत्तर पूर्व क्षेत्र र सम्पूर्ण देशमै अग्रपंक्तिमा पुर्याउने दृष्टिकोणबारे अवगत गराए।